टाइम पर्सन अफ दि इयरः मौनता तोड्नेहरु सम्मानित

अन्तर्राष्ट्रिय

टाइम म्यागाजिनले ‘द साइलेन्ट ब्रकेर्स’ महिला, जसले यौन हिंसाविरुद्ध बोलेका थिए,लाई पर्सन अफ दि इयर घोषणा गरेको छ ।

हलिउड निर्माता हार्भी वाइन्स्टिनले #MeToo प्रयोग गरेर दुर्व्यवहारबारे खुलासा गरेपछि यो अभियानमा हजारौं महिला यसमा सहभागी थिएका थिए ।

अमरिकी पत्रिका टाइमले यसलाई सबैभन्दा शक्तिशाली अभियानका रुपमा स्वीकार गरेको छ । पत्रिकाका प्रधान सम्पादक इडवार्ड फेलसानथलले भनेका छन्, ‘यो हामीले दशकमै देखेको सबैभन्दा तीव्र गतिको सामाजिक परिर्वतन हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप उपविजेता बने । उनलाई गत वर्ष यो सम्मान दिइएको थियो ।

टाइमले सन् १९२७ देखि राम्रो वा खराब …जुन कामका लागि भएपनि सबैभन्दा प्रभावशाली रहेकाहरुलाई पर्सन अफ दि इयर घोयाणा गर्दै आएको छ ।

अधिकांश समय व्यक्तिले यो सम्मान पाएका छन् । तर, २०१४ मा इबोलासँग लडेकाहरुलाई यो स्म्मान दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *