‘ठेकीमा दहि’ भन्दै राजारामसँग केकीले मर्काइन् कम्मर

मनोरञ्जन

चलचित्र ‘हुर्रे’मा समावेश ‘ठेकीमा दही’ बोलको गीतको भिडियो रिलिज भएको छ । यम थापाले निर्देशन गरेको यो चलचित्रको गीतमा राजनराज सिवाकोटी र मिलन अमात्यको स्वर, राजेन्द्र थापाको शब्द, राजनराजकै संगीत छ । विक्रम स्वारले यो गीतको कोरियोग्राफी गरेका हुन् ।

यो गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी, राजाराम पौडेल र अंकित खड्कालाई फिचरिङ गरिएको छ । नायिका केकी अधिकारीले आफू भन्दा पाका कलाकार राजारामसँग यो गीतको भिडियोमा कम्मर मर्काएकी छिन् । यो चलचित्र फागुण २५ गतेबाट रिलिज हुँदैछ ।

कमेडी जनराको यो चलचित्रमा अनुपविक्रम शाही, संगीता नापितको पनि मुख्य भूमिका छ । चलचित्रमा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको लगानी छ । चलचित्रमा चन्दन दत्तले सम्पादन गरेका छन् । चलचित्रको फस्टलुकमा नायक अनुपविक्रम पण्डितको भूमिकामा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *